तपाईको शुरुको नाम भर्नुहोस्:

तपाई यहाँ हुनुहुन्छ {{ personName }}

... तपाईले खोजिरहनुभएको सन्देश!

यस पेजमा तपाईले जीवनको सबैभन्दा महत्वपूर्ण प्रश्नहरुको उत्तर पाउनुहुनेछ । जस्तै, "यस पृथ्वीमा मेरो उद्देश्य के हो?" "अरुसंग भएको जस्तो शान्ति मसंग किन छैन?" वा "यहाँ भएको सबै यति नै हो?" यस पेजले तपाई सामु यी तथा अन्य प्रश्नहरुका उत्तरहरु उजागर गरीदिने छन् । तपाईलाई याद नभएको हुन सक्छ, तर तपाई आफ्नो सृष्टिकर्ता परमेश्वरसंग छुट्टिनुभएको छ । यथार्थमा तपाई आफ्नै स्वभावका कारण छुट्टिनुएको हो । तपाईका लागी हाम्रो सन्देश एक आशा हो किनभने, परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ तथा उहाँले तपाईलाई उहाँमै समाहित गराउन चहानुहुन्छ र उहाँले तपाईलाई उहाँ सम्म पुग्ने बाटो देखाउनु भएको छ । परमेश्वरले दिनुभएको समाधानले तपाईको बिछोड अनन्त सम्मको लागी हुनेछैन ।

{{ personName }}, के तपाई यस समाधान जान्न तथा अनुभुति गर्न चहानुहुन्छ ?

के तपाई चहानुहुन्छ :

  • - तपाईको जीवनको उद्देश्य पत्ता लगाउन?
  • - तपाईले पहिले जे सुकै गर्नु भएको भएतापनि त्यसका लागी माफी दिई आनन्द तथा आराम महसुस गराउन?
  • - यस संसारमा तपाईको समयमा भन्दा धेरै जीवनका लागी धेरै छ भनी थाहा दिने आश्वासनका लागी तथा तपाईको स्वर्गमा अन्नत जीवन पक्का बनाउन

साँचो: विश्वास नै यो तथा अझ धेरैका लागी ढोका खोल्ने साँचो हो ।

यो परमेश्वरको प्रेम हो "संसार"को लागी, म र तपाई {{ personName }} जस्ता मानिसहरुका लागी, जसका लागी परमेश्वरले समाधानहरु दिनुभयो ताकी तपाईले उहाँको प्रेमलाई र उहाँसंगको मिलापबाट मिल्ने शान्ति अनुभुति गर्न सक्नुहुनेछ । परमेश्वरले तपाईको जीवन अरुसंग र उहाँसंग जीवनका अप्ठ्यारा समयहरुमा समेत शान्ति र आनन्दले भरिपूर्ण रहोस् भन्ने चहानुहुन्छ ।

परमेश्वरले {{ personName }} लाई यति माया गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ती {{ personName }} जसले उहाँमाथी विश्वास गर्नुहुन्छ, उनको अन्त्य हुनेछैन बरु उसले अनन्त जीवन प्राप्त हुनेछ ।

बाईबलबाट उधृत भनाइहरु : यूहन्ना ३:१६

परमेश्वरको योजना पत्ता लगाउनुहोस्: शान्ति र जीवन

यो तपाईको लागी परमेश्वरको अभिप्राय हो कि तपाईले एक परिपूर्ण जीवन यहीं र अहिले नै प्राप्त गर्नुहोस् । त्यसो भए किन धेरैजसो मानिसहरुले यस परिपूर्ण जीवनको अनुभूति गर्न सक्दैनन्? यूहन्ना १०:१०

stap1

समस्या: परमेश्वर र {{ personName }} का बीच विभाजन छ ।

तपाईलाई परमेश्वरबाट पापले छुट्याएको छ । पक्कैपनि, बचाउनका लागी प्रभुका हातहरु अति साना छैनन्, न त उहाँका कानहरु सुन्नमा कमजोर नै । तर तपाईका पापहरुले तपाई र तपाईको परमेश्वरलाई छुट्याएका छन्; तपाईका पापहरुले तपाईबाट उहाँको अनुहार लुकाईएको छ, त्यस कारंण उहाँले सुन्नु हुने छैन । यशैया ५९:१-२ यसले तपाई र परमेश्वर बीच बिभाजन ल्याएको छ । {{ personName }}, तपाई जन्मेको बेला नै आदमका पापहरुबाट सरेर आएका पापका साथ जन्मिनु भएको थियो र तपाईले पनि ईच्छाले पाप गर्नु भएको छ । अब आएर यो बिभाजन तपाई र परमेश्वर बीच छ ।

{{ personName }}

परमेश्वर

stap2

परमेश्वरले मानिसहरुको सिर्जना उहाँको कल्पनामा गर्नुभयो, कि हामीले हाम्रो परमेश्वरसंगको सत्संगमा रमाउनेछौं र उहाँलाई गौरवान्वित पार्नेछौं, कि हामी परमेश्वरसंग साथी बन्न सक्नेछौं । परमेश्वरले हामीले उपयोग गर्नका लागी यो सुन्दर संसार बनाउनुभयो र उहाँले सिर्जना गर्नुभएकोमा चकित तल्याउनुभयो । उहाँले हामीलाई अनौठो र पूर्ण जीवनको अवसर दिनुभयो ।

{{ personName }}, परमेश्वरले रोबोट होईन, उहाँको कल्पनाबाट जिवित प्राणीहरु बनाउनुभएको हो, जसको स्वतन्त्र ईच्छा छ जसले प्रेम गर्न चयन गर्न सक्छ र उहाँको आज्ञा पालन गर्छ तथा उहाँ र उहाँले दिनुभएका सबै चीजलाई ग्रहण गर्छ । यसै स्वतन्त्र ईच्छका कारण हामीले आज्ञा पालन नगर्ने तथा परमेश्वरलाई प्रेम नगर्ने सम्भावना रहन्छ । अन्तत: सच्चा मित्रता र सच्चा प्रेम हुनका लागी चयन गर्न पाउनु पर्छ । मित्रता तथा प्रेमका आधार भनेको रोबोटले जस्तो जब्बरजस्ती गर्ने होईन कि, चयन हो ।

सबै भन्दा पहिला सृष्टि भएको मानिसले जसैगरी आफ्नो मार्ग चयन गर्यो र उसको त्यस अनादरलाई पाप भनियो । पाप भनेको आफ्नो लक्षबाट विचलित हुनु हो, किनभने, परमेश्वरले हाम्रोलागी धेरै राम्रो सोच्नुभएको थियो । पापको परिणाम केवल प्रथम पुरुष, आदम र प्रथम महिला, ईभको लागी मात्र होईन सारा मानिसहरुका लागी हो किनभने, त्यस पाप गर्ने प्रबृत्ति सम्पूर्ण मानवजातीमा हस्तान्तरण हुँदै आएको छ ।

बाईबलले भन्छ:

"तसर्थ, जसैगरी एक जना मानिसबाट पाप यस संसारमा प्रवेश गर्यो, र पापको मार्फत् मृत्यु, र यस तरिकाले मृत्यु सबै मानिसहरुमा आयो, किनभने, सबैले पाप गरेका छन् ।" रोमी ५:१२

उद्देश्य बिर्सनाले हामीलाई त्यसले परमेश्वरबाट छुट्याएको छ र सम्बन्ध टुटेको थियो । यसको परिणाम स्वरुप हाल यहाँ बिछोड छ, जुन जोड्न सकिंदैन । हामीले प्रयास गरेता पनि :

  • धार्मिक कार्य तथा समारोह
  • उच्च नैतिक तहहरु
  • ध्यान
  • मानविय प्रयासहरु
  • परोपकारीता
stap3

तथा धेरै अन्य तरिकाहरु, यस रिक्ततालाई भर्नका लागी सामान्य तरिका छैन किनभने, परमेश्वर पवित्र हुनुहुन्छ,र हामीले जे गरेता पनि हामीले आफ्ना पापहरु हटाउन सक्दैनौं र उद्देश्य पूरा गर्न सक्दैनौं, त्यसैले हामी पवित्र छैनौं ।

बाईबलले भन्दछ: "हामी सबैले पाप गरेका छौं र परमेश्वरमाथी गौरव गर्न चुकेका छौं ।" रोमी ३:२३

"पापको फल मृत्यु हो, तर परमेश्वरको उपहार येशु ख्रिष्ट हाम्रा मालिककहाँ अनन्त जीवन हो ।" रोमी ६:२३

यस समस्याको केवल एउटा समाधान छ !

परमेश्वरको समाधान: येशु ख्रिष्ट

{{ personName }}

परमेश्वर

stap4

येशु ख्रिष्ट

परमेश्वरलाई थाहा थियो कि हामीलाई उहाँबाट छुटाउने पापको समाधान उहाँ आफैले दिनु पर्छ । समाधानका रुपमा परमेश्वर हामी माझ मानिसका रुपमा आउनु हुनेछ, परमेश्वरको पुत्र, येशु ख्रिष्टको मार्फत् । येशु ख्रिष्ट, जसले अरु कसैले गर्न नसकेको कुरा गर्न सक्छन् । उहाँले पाप रहित जीवन व्यतित गर्नुभयो र हाम्रो स्थानमा उहाँल आफैले हाम्रा पापहरुको सजाँय भोग्न आफ्नो जीवनको बलिदान गर्नु भयो ।

तपाईको एक अर्कासंगको सम्बन्धमा येशु ख्रिष्टको जस्तै विचारधारा बनाउनुहोस्:

जो परमेश्वर समानकै प्रकृतिका छन् । आफूलाई परमेश्वर समान ठानेनन् जुन् उहाँले आफ्नो फाईदाका लागी गर्न सक्नुहुन्थ्यो; बरु, उहाँले आफूलाई केही होईन जस्तो बनाउनुभयो, एक नोकरको जस्तो ब्यहोरा बनाई, आफूलाई पूर्ण रुपमा मानवीय बनाउनुभयो । तथा मानव रुपी भई उहाँ नम्र भई मृत्युसम्मको आज्ञा मान्नु भयो - क्रुसकै मृत्यु सम्म ! फिलिप्पी २:५-७

हाम्रा पापहरुका लागी मृत्यु वरण गर्नु भएर, येशु ख्रिष्टले परमेश्वर र हामी बीचको दूरीलाई जोडि दिनुभएको छ ।

बाईबलले भन्छ:

तर परमेश्वरले उहाँको प्रेम हाम्रो लागी यसमा प्रदर्शन गर्नुभएको छ: जब हामी पापी थियौं, येशु ख्रिष्टले हाम्रोलागी मृत्यु वरण गर्नुभयो । रोमी ५:८

यथार्थमा, येशु ख्रिष्टले यसो भन्नुभयो: येशु ख्रिष्टले जवाफ दिनुभयो, "म बाटो, सत्य र जीवन हुँ; पिता परमेश्वर सम्म कोही पनि मेरो मार्फत् बाहेक आउन सक्दैनन् ।" यूहन्ना १४:६

अन्तत: परमेश्वर आफै समाधानका साथ आउनुभएको छ । परमेश्वर मानिस बन्नुभयो र त्यस मानिस, येशु ख्रिष्ट मार्फत् परमेश्वर र हामी बीच रहेको अन्तर पूरा गरीदिनुभयो । यसका कारण उहाँ यस संसारमा आउनुभयो; उहाँले क्रुसमा निर्दयी मरण ग्रहण गर्नुभयो तथा हाम्रा स्थानमा हाम्रा पापहरुका लागी सजाँय भोग्नुभयो । यसो गरेर येशु ख्रिष्टले हामी र परमेश्वर बीचको अन्त पूरा गरी दिनुभयो ।

बाईबलले भन्छ:

तर परमेश्वरले उहाँको हामी प्रति प्रेम यहाँ दर्शाउनु भयो: जब हामी पापी नै रहेता पनि, येशु ख्रिष्ट हाम्रो लागी मर्नुभयो । रोमी, ५:८

तथा त्यस भन्दा केही अगाडी:

येशु ख्रिष्टले जवाफ दिनुभयो, "म नै बाटो, सत्य र जीवन हुँ " ; पिता परमेश्वर सम्म कोही पनि मेरो मार्फत् बाहेक आउन सक्दैनन् ।" यूहन्ना १४:६

{{ personName }}

परमेश्वर

  • दु:खीपन
  • विछोड
  • दोष
  • अनिष्चितता
  • उद्देश्यको अभाव
  • अशान्ति तथा पीरहरु
  • खुसी
  • सत्संग तथा सम्बन्ध
  • क्षमादान
  • अनन्त जीवन
  • परिपूर्ण जीवन
  • शान्ति
stap5

येशु ख्रिष्ट

{{ personName }}, अब सम्ममा तपाईले देख्नुभयो कि, पापका कारण सबैजना यस संसारमा परमेश्वरसंग अलग्गिएर जन्मिए । {{ personName }}, तपाई र अरु सबैजना दोषी पाईएका छन् र सबै अनन्त सम्म रहनेछ निर्णयमा हुनुहुन्छ । परमेश्वरले यो तपाई वा अरु कसैका लागी पनि चाहेको होईन, उहाँ तपाई प्रति धैर्यवान हुनुहुन्छ, तपाई वा अरु कोही पनि अन्त्य नहोस् भनी, बरु सबैजनाले पश्चाताप गरून र अनन्त जीवन प्राप्त गरून भनेर । यदी तपाईके केही गर्नु भएन भने, तपाई अलग्गिएर रहनुहुनेछ । परमेश्वरले तपाईले जीवन चुन्नुहोस् भनी तपाई सम्म पहुँच गर्नुभएको छ; उहाँले तपाईलाई आफ्नो सन्तान तथा उहाँ तपाईको पिता हुन चहानुभएको छ । धार्मिक समारोह जस्तै, तपाईको नामाकरण गरेर वा पुष्टिकण गरेर वा धार्मिक नियमहरु मानेर वा राम्रा काम गरेर परमेश्वरसंग तपाईको मिलन वा तपाईको पापहरु क्षमा हुँदैनन् । येशु ख्रिष्टलाई चयन गर्नु भनेको परमेश्वरलाई चयन गर्नु हो, यो विश्वास हो, र परमेश्वरको अनुग्रहको कारण हो । तपाईले गर्ने छनौट यो भन्दा महत्वपूर्ण कहिले हुने छैन । उहाँ र उहाँको सन्देश माथी विश्वास राखी तपाई परमेश्वरको सन्तान बन्नुहुनेछ ।

बाईबलले भन्छ:

ती सबैजना जसले उहाँ (येशु ख्रिष्ट)लाई प्राप्त गर्नु भयो, ती सबैजना जसले उहाँको नाममा विश्वास गर्नुभयो, उहाँले परमेश्वरका सन्तान बन्नका लागी अधिकार दिनुभयो । यूहन्ना १:१२

बाईबलले भन्दछ कि, यो सबै उहाँको सन्देशमा विश्वास गर्नु हो र उहाँ को हुनुहुन्छ भन्ने सत्यको बारे हो तथा उहाँले आफ्नो जीवन, मृत्यु तथा पुनर्जीवनबाट के प्राप्त गर्नुभयो भनी विश्चास गर्नु हो ।

बाईबलले भन्छ:

यदी तपाईले आफ्नो मुखबाटै घोषणा गर्नुभयो कि, " येशु ख्रिष्ट मेरा मालिक हुन्'" र परमेश्वरले उहाँलाई मृत्युबाट उठाउनुभयो भनी हृदयदेखी विश्वास गर्नुहुन्छ भने, तपाईलाई बचाईनेछ । कारण, तपाईले विश्वास गर्ने तपाईको हृदय हो, र तपाईको मुखबाट आफ्नो आस्था प्रष्ट पार्नु हुन्छ र तपाई सुरक्षित हुनुहुन्छ । रोमी १०:९-१०

जब तपाई यो गर्नुहुन्छ, तपाईले पापका लागी क्षमा पाउनुहुन्छ । अब तपाई आस्थाका मार्फत् स्पष्ट हुनुहुन्छ तथा परमेश्वरसंग येशु ख्रिष्ट मार्फत् शान्तिमा हुनुहुन्छ । यसलाई नै 'आस्था हुनु' भनिन्छ । यो नै 'येशु ख्रिष्टमाथि विश्वास' हो । {{ personName }}, यो तपाईले व्यक्तिगत रुपमा गर्नु पर्छ, उहाँको सन्देश स्वीकार गर्न तथा येशु ख्रिष्टलाई स्वीकार गर्नु नै सत्य हो । येशु ख्रिष्ट त्यस पश्चात तपाईको जीवनका मालिक हुन् ।

{{ personName }}, तपाई के छान्नु हुन्छ ?

stap6

बाईबलले भन्छ:

ती सबैलाई जसले उहाँ (येशु ख्रिष्ट)लाई ग्रहण गरे, जसले उहाँको नाममा विश्वास गरे, उहाँले तिनीहरुलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो । (यूहन्ना १:१२)

{{ personName }}, के तपाई:

१. आफू पापी हो भनी चिन्नु हुन्छ र तपाई परमेश्वरबाट छुट्टिनुभएको छ भनेर?

२. विश्वास गर्नुहोस् कि तपाईले येशु ख्रिष्टमाथि विश्वास गर्नु पर्छ र परमेश्वर सम्म पुग्नका लागी उहाँमा भरोसा गर्नु पर्छ ?

३. के तपाईले येशु ख्रिष्टसंग आफ्ना पापहरुका लागी माफी माग्नु हुनेछ किनभने, उहाँले तपाईको दण्ड भोगिदिनुभएको छ ?

४. के तपाई उहाँ नै भगवान हुन् र मृत्युबाट उठेर आउनु भएको थियो भनी विश्वास गर्नुहुन्छ ?

{{ personName }}, यदी तपाईले यी प्रश्नहरुलाई हो भनी जवाफ दिनुहुन्छ भने, त्यो कुरा प्रार्थनामा परमेश्वरलाई भन्नुहोस्, किनभने, उहाँलाई तपाईको हृदयमा के छ भनी थाहा छ ।

अब तपाईले परमेश्वरलाई धन्यवाद दिन सक्नु हुन्छ, कि येशु ख्रिष्टको रगत त त्यागका कारण तपाईका पापहरु पखालिएर गएका छन् ।

५. परमेश्वरलाई तपाईले अब उहाँलाई जीवनभर पहिल्याउनुहुन्छ भनी भन्ने समय आयो किनभने, बाईबलले तपाईलाई 'नयाँ सृष्टी' भनी भन्दछ । २ कोरिन्थी ५:१६-१७

जब तपाई परमेश्वरको प्रार्थना गर्नुहुन्छ तपाईले निम्न कुराहरु भन्न सक्नुहुन्छ:

स्वामी प्रभु, मैले देखें कि म पापी हुँ र मलाई तपाईको क्षमाको आवश्यकता छ । मलाई महसुस भएको छ कि येशु ख्रिष्टले मेरो लागी मृत्यु वरण गर्नु भयो तथा उहाँ मृत्युबाट उठेर आउनु भयो । म मेरो पूरानो जीवन जिउने तरिकाबाट मुक्त हुन तयार छु । म प्रार्थना गर्छु कि, येशु ख्रिष्ट अब मेरो हृदय तथा मेरो जीवनमा आउनुहोस्: ताकि, म तपाईलाई मेरो पिताको रुपमा भेट्न सकूँ र तपाईलाई अझ राम्रोसंग जान्न सकूँ । तपाईको सहयोगले, म तपाईलाई मेरो जीवनमा मेरो मालिकका रुपमा अनुसरण गर्न तयार छु र तपाईको आज्ञाको पालन गर्छु । अमिन |